गायिका नेहा कक्कर र गायक रोहन प्रीत सिंहको शुभ विवाह

चर्चित भारतीय गायिका नेहा कक्करले विवाह गरेकी छिन्। उनले गायक रोहनप्रित सिंहसँग विवाह गरेकी हुन्। नेहा र रोहन केही समयदेखि प्रेम सम्बन्धमा थिए । नेहा र रोहनले केही साता अगाडि मात्र आफूहरुको सम्बन्धको खुलासा गर्दै बिहे गर्ने बताएका थिए ।

शनिबार दिल्लीमा परिवार र सीमित आफन्त तथा साथीभाइको उपस्थितिमा नेहाले विवाह गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। २२ अक्टोबरमा विवाह दर्ता गराएका उनीहरुले यसको दुई दिनपछि विवाह गरेका हुन्। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments