राहुल रक्सको ‘तिमी रिसाउँदामा डिमोन र अर्नबी (भिडीयो)

गायक राहुल रक्सको आवाजमा रहेको नयाँ गीत ‘तिमी रिसाउँदा’को भिडियो सार्वजनिक गरिएको छ। “भ्यालेन्टाइन्स डे “प्रेम दिवसको अवसर पारेर सार्वजनिक गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको छ। रिसाएकी प्रेमिकालाई फकाउने थिम रहेको गीतमा सांगेत संयोजन पुरुषोत्तम सुबेदीको रहेको छ।

जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा डिमोन क्षेत्रि र अर्नबी ढुंगाना फिचर छन्। सागर प्रधानले छायाँकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन र धुर्बराज पराजुली ‘प्रज्वलित’ले कलर संयोजन गरेका छन्। भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments