अभिनेता जीवन लुइँटेलको ३९ औ जन्मदिन

नेपाली चलचित्र जगतका एक उत्कृष्ट अभिनेता हुन जीवन लुइँटेल। जीवन लुइँटेलले वि.सं २०६४ सालमा आफ्नो फिल्मी यात्रा सुरु गरेका हुन। उन्ले वि.सं २०७४ सालसम्म चलचित्रमा काम गरे। उनी, सन् २००२ का ‘मिस्टर नेपाल’ पनि हुन। जीवनले आफ्नो करिअरमा ६० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।

उनले अभिनय गरेका चलचित्रहरुमा ‘कसम हजुरको, नसिब आफ्नो, नाई नभन्नु ल, म तिम्रो भैसकेँ, मालतीको भट्टी, अन्दाज, रिदम, सानो संसार, मेरो एउटा साथी छ, नाई नभन्नु ल २, स्टूपिड मन’ लगायतका चलचित्रहरु हरेका छन । जीवन लुइँटेलले काम गरेका अधिकांश चलचित्रहरु सफल भएका छ्न भने उन्को चलचित्रका गीतहरु सुपरहिट नै भएका छन। उन्लाई नेपाली चलचित्रक्षेत्र मा चक्लेटी हिरो भनेर पनि भनिन्छ।

केही वर्ष अघी उनी अमेरिका गएका थिए । विगत ३ बर्षदेखि उनी अमेरिकामा नै छन। उन्लाई चलचित्र बाहेक साहित्य र क्रीकेटमा रुची रहेको छ। बेला बेला मा उन्ले आफ्नो कविताहरु फसेबूकमा सुनाउने गरेका छन । नेपाली चलचित्र क्षेत्रमा एक छत्र राज गर्न सफल अभिनेता जीवन लुइँटेललाई जन्मदिनको धेरै धेरै शुभकामना । आज उन्ले आफ्नो ३९ औ जन्मदिन मनाउदैछन । जीवन लुइँटेल को हरेक काममा सफलता होश हाम्रो शुभकामना छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments