अन्जु पन्त वैवाहिक बन्धनमा बाधिईन

गायिका अन्जु पन्त वैवाहिक बन्धनमा बाधीएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए ।

अन्जु र थिरले चर्चमा बिहे गरेको वुझिएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments