श्वेता र बिजेन्द्रको ग्रान्ड रिसेप्सन पार्टी
अभिनेत्री श्वेता खड्काको धनगढीका विजयेन्द्र सिंह रावतसँग मङ्सिर २२ गतेको शुभ साईतमा शुभ विवाह सम्पन्न भएको छ। श्वेताको धुमधामसँग शुभ विवाह सम्पन्न भएको छ। श्वेता खड्काले विवाहलगत्तै एकल महिलाको सशक्तीकरणका विषय उठाएकी छन् ।

श्वेताले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू एकल महिलाका लागि सोचेको काम गर्ने प्रयासमा रहेको बताएकी हुन्।
श्वेताले विवाहको फोटोहरु साझेदार गर्दे लेखेकी थिन : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत : मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ-आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।
तपाईकी उहि छोरी /चेली
श्वेता खड्का

एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छभन्दै श्वेताले आफ्नो मनको भावना प्रस्तुत गरेकी छिन्।
विवाह पस्चात श्वेता र बिजेन्द्रको रिसेप्सन पार्टीको आयोजना गरिएको थियो। उनिहरुको रिसेप्सन ग्रान्ड नोर्लिङ रिजोर्टमा भव्य रूपमा सम्पन्न भएको थियो। रिसेप्सनमा श्वेता र बिजेन्द्र दुबै जना कालो रङको पहिरनमा सजिएका थिए। श्वेता र बिजेन्द्रलाई सुखद दाम्पत्य जीवनको हाम्रो तर्फ बाट धेरै धेरै शुभकामना छ।

