“टुङना को धुनमा” को पन्जाबी भर्जन

पछील्लो समय पुरानो गीतको रेमेक र गीतको कभर बनाउने चलन धेरै नै चलिरहेको छ।हालै मात्र गायक यस कुमारले “तिम्रो मन बद्लिएछ”को रेमेक निकालेका छन्। रेमेक र कभर गीतको मोह अहिले राम्रै चलिरहेको छ। कभर गीतकै क्रममा अहिले नेपाली सर्वाधिक लोकप्रिय गीत “टुङनाको धुनमा” को कभर गीत सार्वजनिक भएको छ।

यो गीतलाई नेपाली नभई पन्जाबी गायकले गाएका छन्। पन्जाबी गायक लकी सिद्धुले यस अघी फुल बुट्टे सारीको पन्जाबी भर्सन गाएका थिए। उनै लक्की सिद्धुले अहिले “टुङनाको धुनमा” गाएका छन। उक्त गीतको भिडियोलाई संसार ब्ल्ग प्रोडकसनले निर्माण गरेका छन भने गीत सिद्धु म्युजिकको अफिसियल युटुब च्यानल बाट रिलिज गरीएको छ।

गीतको भिडियोमा प्रज्ज्वल भट्टराई , उत्सव ढुङेल, गेम्मा र ग्रातसीएलाको अभिनय रहेको छ भने गीतलाई जि एन एस जोन्नी ले निर्देशन गरेका छन। संसार भ्लगको मुख्य उद्देस्य बिदेशी र नेपाली सस्कृतीलाई समावेस गरि केही गरु भन्ने रहेको छ। त्यसैले उक्त प्रडक्सनले नेपाली नै बोल्न नजान्ने पन्जाबी लकिलाई नेपाली गीत गाउन लगाएका हुन् ।

पन्जाबी गायक लक्की सिद्धुले टुङनाको धुनमा राम्ररी गाएका छन्। टुङनाको धुनमा को पन्जाबी भर्जन अहिले लन्डन तथा भारतमा मा पनि धेरै नै लोकप्रिय भैरहेको छ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments