सुशान्त सिंह राजपुतको बैंक खाताको अनुसन्धान

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको रहस्यमय मृत्‍यु पछी धेरै कुराको खुलासा भईरहेको छ।सुशान्तको बैंक खाताबाट १५ करोड गायब नभएको खुलासा भएको छ ।

सुशान्तको बैंक खाताको अनुसन्धान गरेको भारतीय प्रवर्तन निर्देशनालयले सुशान्तको बैंक खाताबाट ठुलो रकम हिनाबिना नभएको स्पष्ट गरेको छ ।

भारतीय मिडियाहरुले परिवारका सदस्यहरुमा गलत सूचनाका कारण यस्तो हल्ला चलेको प्रवर्तन निर्देशनालयले बताएको उल्लेख गरिएको छ । सुशान्तका पिताले सुशान्तको बैंक खाताबाट १५ करोड गायब भएको भन्दै एफआइआर दर्ता गरेका थिए ।

अझै अनुसन्धान जारी रहेको बताउदै सुशान्तको बैंक खाताबाट रकम हिनाबिना भएको भन्ने अहिलेसम्म नभेटिएको बताइएको छ । साथै सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको खातामा समेत कुनै रकम सिधै ट्रान्सफर गरिएको नपाइएको प्रवर्तन निर्देशनालयले बताएको छ ।

तर दुवैका बीच सानो सानो रकम भने ट्रान्सफर भएको भेटिएको छ । जुन रकम सुशान्त र रियाले गरिएको भनिएको युरोप टुरको बेला रहेको बताइएको छ ।

प्रवर्तन निर्देशनालयका अनुसार सुशान्तको बैंक खाताका बारेमा कुनै जानकारी नै नभएको बताइएको छ । सुशान्तले चार्टड एकाउन्टेन्टको माध्यमबाट आफ्नो कर तिरेको, जुन कुरा परिवारलाई जानकारी नै नरहेको देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments