कोरोनासँग लड्दा लड्दै गायक एस्.पी. बालासुब्रमण्यमको निधन

भारतीय सांगीतिक क्षेत्रका वरिष्ठ गायक एस्.पी. बालासुब्रमण्यमको सेपटेम्बर २५,२०२०, शुक्रबार निधन भएको छ। उनी लामो समय देखी कोरोना भाईरसका कारण अस्पतालमा भर्ना भईरहेका थिए।

उनमा अगस्त ५,२०२०मा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछी उनलाई चेन्नाईको एमजीएम हेलथकेर अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएको केही दिन पछी नै उनलाई निकै गाह्रो भएपछी उनलाई आईसीयुमा रखिएको थियो। उनको स्वास्थ्य बिग्रदै गएकोले उनलाई भेन्तीलेटरको आवश्यक पर्न गयो। उनलाई लगभग एक महिना जसो भेन्तीलेटरको साहारामा नै रखियो।

उनको दोस्रो कोरोना टेस्ट सेप्टेम्बर ७,२०२० मा गरिएको थियो जस्को रिपोर्ट नेगेटिभ आएको थियो। उनको कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्यमा सुधार भएको थिएन। जिन्दगीसँग
लड्दा लड्दै एस्.पी. बालासुब्रमण्यमले सेपटेम्बर २५,२०२०, शुक्रबारको दिन ७४ वर्षको उमेरमा आफ्नो देह त्याग गरे।

एस्.पी. बालासुब्रमण्यमले ८०-९०को दशकमा बलिउड सांगीतिक क्षेत्रमा एक छत्र राज गरे। उनले धेरै नै सुपरहिट गीतहरु दिएका छन्। उनी राष्ट्रिय पुरस्कार , फिल्मफेर अवर्ड्स अनी अन्य थुप्रै अवर्ड्सद्वारा सम्मानित पनि भएका छन्। विषेश गरी अभिनेता सलमान खानको फिल्मको गीतहरुमा एस्.पी.बालासुब्रमण्यमले नै धेरै जसो प्लेब्याक गर्थे।

एस्.पी. बालासुब्रमण्यमले सन २०१३मा शाहरुख खान अभिनित चेनाई एक्स्प्रेसबाट बलिउडमा पूर्णआगमन गरेका थिए। भारतीय सांगीतिक क्षेत्रमा हिन्दी बाहेक उनले दक्षिण भारतीय भाषाहरुमा पनि गीतहरु गाएका छन्। उनका श्रीमती, एक छोरा अनी एक छोरी रहेका छन्। एस्.पी. बालासुब्रमण्यमको आत्माले चिर शान्ती पाओस। एस्.पी. बालासुब्रमण्यम हामी माझ नभएता पनि उनको गीतगरु सदैव अमर रहेनछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments