वरिष्ठ गायिका आशा भोस्ले को ८७औ जन्मदिन
बलिउड जगतकी एक चर्चित अनि वरिष्ठ गायिका हुन् आशा भोस्ले । आशा भोस्लेको जन्म सन् १९३३ सेप्टेम्बर ८ मा भारतको मुम्बईमा भएको हो । आशा भोस्लेले सन् १९४३ बाट आफ्नो सांगितिक यात्रा शुरु गरेकी हुन् र उनले सात दशक सम्म बलिउडमा राज गरिन् । आशा भोस्लेले हजारभन्दा बढि चलचित्रमा गीत गाइसकेकी छिन् ।

उनले धेरै गीत गाउने गायिकाको सुचीमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो नाम दर्ता गरिसकेकी छिन् । आशा भोस्लेको “गरिबो कि सुनो”, “पर्दे मे रेहेने दो”, पिया तु अब तो आजा”, “डम मरु डम”, “ए मेरा दिल” लगायत सयौंको शङ्ख्यामा चर्चित गीतहरु रहेको छ ।

भारतीय गीत सङ्गीतको क्षेत्रमा लामो समय एकछत्र राज गरेकी भोस्लेले ‘मोहनी लाग्ला है’, ‘पहाडको माथि माथि’, ‘गैरी खेतको सिरै हान्यो’, ‘बाचुन्जेली लाई’ लगायत दर्जनौँ नेपाली गीतमा आवाज दिएकी छिन् । आशा भोस्लेले दुई वटा नेशनल अवार्ड अनि आठ वटा फिल्म फियर अवार्डस् जित्न सफल भएकी छिन् ।
बलिउड सांगितिक क्षेत्रमा एक छत्र राज गरेकी वरिष्ठ गायिका आशा भोस्लेले आज आफ्नो ८७औं जन्मदिन मनाउदैछिन् । आशा भोस्लेको स्वरको जादु अहिले पनि उत्तिकै ताजा रहेको छ । आशा भोस्लेलाई हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना………..