रिहा भईन रिया चक्रवर्ती, भाई सोविक भने जेलमै रहने

करिब एक महिना देखी ड्रग्सको मुद्दामा जेलमा रहेकी बलिउड अभिनेत्री तथा अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई मुम्बइको उच्च न्यायलयले जमानत दिएको छ । बुधबार अदालतले उनलाई १ लाख धरौटीसहित जमानतमा रिहा गर्न आदेश दिएको हो ।

रिया जमानतमा छुटेपनि उनका भाई सोविक भने जेलमै रहनेछन् । ड्रग्स सिन्डिकेटको सक्रिय सदस्य भएको दाबी गर्दै उनलाई एनसीबीले पक्राउ गरेको थियो । रियाले ड्रग्स किनेको कुरा स्विकार गरेकी छिन् ।

जमानत पाएपनि उनी १० दिनको अन्तरमा प्रहरी कार्यलय पुग्नुपर्नेछ । यस भन्दा अगाडि मंगलबार सेसन कोर्टले उनलाई अक्टुबर २० तारिखसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । रियालाई विदेश यात्रा गर्दा प्रशासनको अनुमति आवश्यक पर्दछ । यस्तै, मुम्बइबाट बाहिर जानुपर्दा पनि रियाले प्रहरी अधिकारीलाई यो कुराको जानकारी दिनुपर्नेछ ।

रियाका वकिलले जमानतको माग गर्दै उच्च न्यायलयमा अपिल गरेकी थिइन् । रिया विगत एक महिनादेखि जेलमा थिइन् । उनले, २ पटकसम्म जमानतका लागि अदालतसँग अपिल गरेकी थिइन्। तर,उनको दुबै पटकको अपिल खारेज भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments