२७ वर्षपछि इन्द्रजीतको गीतमा महानायक राजेश हमाल ( भिडियो )

नेपाली चलचित्र ‘देउता’ को लोकप्रिय गीत ‘पिरतीको मिठो तिर्सना’मा संगै सहकार्य गरेका गायक इन्द्रजित गजमेर र महानायक राजेश हमालको २७ वर्ष पछि ‘जुनमा हेरूँ तिमीलाई’ बोलको म्युजिक भिडियो मार्फत पुन सहकार्य भएको छ।

प्रेमिल शैलीको यस गीतमा स्वर अग्रज गायक इन्द्रजित मिजारको रहेको छ भने शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ। गीतमा संगीत संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा महानायक हमालको साथमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन । समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन्। विकाश दहालले भिडियो सम्पादन गरेका हुन्। श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार लोहारको अफिसिएल च्यानल ‘गोलो प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments