‘म थप सशक्त नारीका रूपमा प्रस्तुत हुनेछु’:श्वेता खड्का

नायिका श्वेता खड्काले विवाहलगत्तै एकल महिलाको सशक्तीकरणका विषय उठाएकी छन् ।

सोमबार दोस्रोपटक विवाह गरेलगत्तै नायिका खड्काले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू एकल महिलाका लागि सोचेको काम गर्ने प्रयासमा रहेको बताएकी हुन्।

‘म थप सशक्त नारीका रूपमा तपाईंहरूका सामुन्ने प्रस्तुत हुनेछु,’ सोमबार राति नायिका खड्काले आफ्नो फेसबुक पेजमा लेखेकी छन्, ‘आगामी दिनमा एक महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यसलाई साकार बनाउनका लागि म प्रयासरत रहनेछु।’‘मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुरजस्तै अझै उच्च स्थानमा पुर्‍याउनुछ। निर्माणाधीन  माझीटोललाई आज सजिएको बिहेको मण्डपभन्दा पनि अझै सजाउनु छ,’ उनले भनेकी छिन्, ‘मैले थालेका व्यवसायहरूलाई मेरो हातमा चम्किएका चुराहरू जस्तै चम्काउनुछ। मैले अझै धेरै काम गर्न बाँकी छ।’

विवाहपछिको स्टाटसले उनले जीन्दगीको अर्को एउटा यात्रामा पाइला चालेको उल्लेख गर्दै अझ धेरै गर्न बाँकी रहेको बताएकी छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments