र्‍यापर ‘लाहुरे’ लागुऔषध कारोबार गरेकाे आरोपमा पक्राउ

र्‍यापर तथा अभिनेता आशिष राना ‘लाहुरे’ लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखराको न्यूरोडबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार उनलाई बुधबार नियन्त्रणमा लिइएको हो ।

तिवारीले उनीसँगै ४ जनालाई नियन्त्रणमा लिइएको बताए । उनीहरुलाई लागुऔषध सम्बन्धी मुद्धामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

‘लाहुरे’ हिमालय रोडिजका निर्णायक हुन् । उनको ‘केस नम्बर ४०२’, ‘नेपहपको बाटो’, ‘मेरा सोल्टा’लगायतका गीत चर्चित छन् । उनले केही नेपाली फिल्ममा अभिनय पनि गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments