आशिष रानाभाटको ‘सम्झनाका साँझहरु’ सार्वजनिक (भिडियो)

एकै प्रकृतिको लोक आधुनिक गीतको एक पछि अर्को लर्को चलिहरेको समयमा हालै नेपाली संगीत बजारमा एउटा पृथक कथावस्तु सहितको सुमधुर पप गीत ‘सम्झनाका साँझहरु’ सार्वजनिक भएको छ । आशिष रानाभाटको स्वर तथा संगीत रहेको गीतमा शब्द सुरज ढकालको रहेको छ ।

दुई दिनमा काठमाण्डौका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको सम्पादन तथा छायांकन दिपेन बस्न्यातले गरेका हुन । झण्डै ५ मिनेट लामो गीतको लयकार सगुन लिम्बु हुन भने गीतमा गितार बाजन दिपक थापाको छ । प्रेमील भाव बोकेको गीतमा चिर परिचित कलाकार अनुपमा भण्डारी तथा उदयमान मोडेल अन्जन खड्काको अभिनय रहेको छ ।

अर्थ पिक्चर्सको ब्यानरमा निर्माण भएको यस श्रव्य दृश्यको निर्माण एकदम न्युनतम बजेटमा गरिएको निर्माण व्यवस्थापक दिनेश पोखरेलको भनाई छ । भिडियोको कथा, लेखन तथा निर्देशन नयाँ प्रवृत्तिका कथाकार राजेश श्रेष्ठले गरेका हुन् ।

यो प्रोजेक्टलाई श्रेष्ठले फ्रेण्ड्स एक्सपेरिमेण्टल प्रोजेक्टको नाम दिएका छन् । भिडियो प्रस्तुतीमा केही नवीन अभ्यास गरेर विशुद्ध संगीत पस्केको उनी बताउछन् । गीत अर्थ पिक्चर्सको युट्युब च्यानेलबाट सार्वजनिक गरिएको छ ।

2.5 2 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments