फिल्म निर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेल बैबाहिक बन्धनमा बाँधिए

फिल्म निर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेल बैबाहिक बन्धनमा बाँधिएका छन्। बिगत केहि बर्षदेखि अमेरिकामा बस्दै आएका निर्देशक पोखरेलले ‘निशाना’, ‘भूल भए माफ गर’, ‘कस्लाई दिऊँ यो जोवन’, ‘मिस यू’, र ‘थ्री लभर्स’ फिल्म निर्देशन गरेका छन्।

उनले बिराटनगर निवासी निशा कार्कीसँग मंसिर ५ गतेका दिन विवाह गरेका हुन्।देशमा कोरोनाले आक्रान्त पारिरहेको बेला सिमित आफन्त र केही निकट साथीभाईलाई साक्षी राखी बिराटनगर पुगेर निर्देशक पोखरेलले निशाको सिउँदो भरेका हुन्।

उनको विवाहमा फिल्म क्षेत्रबाट अभिनेता दिलिप रायमाझीको उपस्थिती थियो। पेशाले नर्श रहेकी निशासँग दर्पणको बिगत १ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments