मनोज गजुरेलको स्वास्थ अवस्था गम्भीर

कोरोना संक्रमण पुष्टि भएपछि १० दिनदेखि होम आइसोलेशन बसिरहेका चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । उनलाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । बुधवार स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ । मनोज गजुरेलले फेसबुकबाट आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै आफू कोरोना संक्रमित हुन पुगेको उनले बताएका थिए । उनले गएको मंगलवार फेसबुकमा आफ्नो स्वास्थ्य अवस्था पूर्ण रुपमा सुधार नभएको र शरीरले फरक फरक कृया-प्रतिकृया देखाइरहेको उल्लेख गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments