आँचल शर्मा अब निर्मात्री बन्दै

अभिनयमा मात्र नभएर नेपाली कलाकारहरुको अहिले फिल्म निर्माणमा आकर्षण बढ्दै गएको छ । भुवन केसी, आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, ऋचा शर्मा, करिश्मा मानन्धरलगायतले फिल्म निर्माण गरिसकेका छन। अब भने अभिनेत्री आँचल शर्मा फिल्म निर्माण गर्ने तयारीमा जुटेकी छन् । उनले निर्माण गरेको फिल्मको निर्देशनको प्रस्ताव भने मिलन चाम्सलाई गरेकी छन् ।

आँचलले बनाउन लागेको फिल्मबाट निर्देशनको प्रस्ताव आएको कुरा मिलनले नकार्न सकेनन् । उकेही म्यूजिक भिडियोमा सँगै काम गरेपछि मिलन र आँचलबीच सुमधुर सम्बन्ध कायम भएको छ।

आफ्नो पाइपलाइनमा रहेका तीन फिल्मभन्दा अगाडि मिलन अन्य फिल्ममा हात हाल्ने सोचमा छैनन् । त्यसैले आँचलले निर्माण गर्ने फिल्म केही समय पछाडि हुने उनले बताए । फिल्ममा अभिनेताको रुपमा प्रदीप खड्कालाई अफर गरिएको भन्ने जानकारी प्राप्त छ । तर, यसमा सत्यता नभएको चाम्स बताउँछन् । हिरोको विषयमा कुनै कुरा नभएको उनले बताए । आँचललाई निर्माणमा पति डा.उदिप श्रेष्ठले साथ दिने छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments