दिपाश्री निरौला निर्देशित र अभिनित तीज गीत ‘दिदी बहिनी’ सार्वजनिक (भिडियो )

हिन्दु नारीहरुको महान पर्व हलितालिका तीज नजिकिए संगै बजारमा तीज गीत निकाल्ने लहर पनि बढ्दै गएको छ भने कोरोनाका कारण फिल्म ठप्प भएपछि कलाकारहरु म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् पछिल्लो समय कलाकर एबम निर्देशक दिपाश्री निरौला पनि म्युजिक भिडियोतर्फ देखिन थालेकी छिन।

दिपाश्री निरौला निर्देशित र अभिनित तीज गीत ‘दिदी बहिनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रीकृष्ण बम मल्लको शब्द ,संगीत रहेको ‘दिदी बहिनी’मा ,दिपाश्री निरौला, निर्मल शर्मा (गैंडा) ,गजीत विष्ट, सुमन गिरी भाञ्जा, रजनी के.सी. लगायतका कलाकारहरुले अभिनय रहेको छ ।

अहिलेको परिस्थितिमा तीजको वेलामा माइती जान असमर्थ रहेका चेलीहरुको मर्म र पीडालाई ‘दीदी बहिनी’ गीतको माध्यमबाट चित्रण गरी यो म्यूजिक भिडियो तयार पारिएको भिडियो निर्माता कम्पनी म्युजिक नेपालले जानकारी दिएको छ ।

शान्तीश्री परियार,लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा योगेश काजीको एरेन्ज रहेको छ । राजु के सीको सिनेमाटोग्राफी ,गजीत विष्टको कोरियोग्राफी टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई कोरोना कहर बिच सामाजिक दुरी कायम गर्दै गीतमा आबद्ध कलाकारहरुको एक अनलाइन कार्यक्रम गरी म्युजिक नेपालको युट्युब च्यानल मार्फत बिहिबार सार्बजनिक गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments