दीपिकाले स्विकार गरिन ‘ड्रग्स च्याट’, ड्रग्स सेवन नगरेको श्रद्धा र सारा को बयान
बलिउड ड्रग केसमा एनसीबीले अभिनेत्रीहरु श्रद्धा कपुरसँग ६ घण्टा, दीपिका पादुकोणसँग ५ घण्टा, र सारा अली खानसँग ५ घण्टा सोधपुछ गरेको छ । यस बयानको क्रममा दीपिकाले च्याटको कुरा स्वीकार गरेकी छिन् भने सारा र श्रद्धाले ड्रग्स सेवनको कुरा अस्विकार गरेका छन् ।

उनीहरुलाई एनसीबीको बेलार्ड एस्टेटस्थित अफिसमा सोधपुछ गरिएको थियो । एनसीबीसँगको बयानमा दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गर्दा सन् २०१७ मा ड्रग्सको बारेमा च्याट गरेको कुरा स्वीकार गरेका छन् ।
एनबीसीले दीपिका र करिश्मासँग ड्रग्सका बारमो कुरा गरेका थिए । यस विषयमा उनीहरुले स्वीकार गरेको भारतिय मिडियाले जनाएका छन् । त्यस्तै अभिनेत्री श्रद्धा कपुर र सारा अली खानले भने ड्रग्सको बारेमा अस्वीकार गरेका छन् ।
सुशान्त सिंह राजपूतको मृत्युपछि विवादमा पर्दै आएका करन जोहरले भने राहत पाएका छन् । करनले गत वर्ष घरमा पार्टी गरेका थिए । त्यस बेला विकी कौशल, दीपिका पादुकोण आदि कलाकारमाथि ड्रग्स लिएको आरोप लाग्दै आएको थियो ।
एनसीबीका अधिकारीले करन जोहरको भिडियोलाई क्लिन चीट दिएपछि उनले राहत पाएका हुन् । सोधपुछ पश्चात् शनिवार एनसीबीले दीपिका, सारा र श्रद्धाको मोबाइल फोन नियन्त्रणमा लिइएको थियो ।