दशौं नेफ्टा अवार्ड, उत्कृष्ट नायक-नायिका बिपिन र मेनुका
दशौं संस्करणको नेफ्टा फिल्म अवार्ड २०७५ मा दीपकराज गिरी तथा दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा–३’ तथा सुभाष तथा र दिनेश राउतको फिल्म ‘प्रसाद’ ले बाजी मारेका छन् ।
यी दुबै फिल्मले छ–छ वटा अवार्ड जितन सफल भएका छन् ।
समारोहमा दिनेश राउतद्वारा निर्देशित फिल्म ‘प्रसाद’ ले पनि सर्वाधिक छ वटा अवार्ड जित्न सफल भयो ।
यो फिल्मबाट अभिनेता बिपिन कार्कीले फिल्म सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते ।
फिल्म ‘प्रसाद’ को ‘जाऊँ माया सरर’ बाट गणेश शाहले सर्वोत्कृष्ट गीतकारको अवार्ड जिते भने यही गीतबाट सुवास भुषालले सर्वोत्कृष्टक संगीतको अवार्ड जिते । यसबाहेक यही गीतबाट उदयराज पौडेलले संगीत संयोजक तथा गायक केतन क्षेत्रीले सर्वोत्कृष्यट गायकको अवार्ड पनि जिते ।
अवार्ड विजेताहरु :
मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)
कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियोँ)
ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियोँ)
गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिका : समिक्षा अधिकारी, नाइँ नभन्नू ल ३
कथा : छक्का पञ्जा ३
पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवाद : सुशिल पौडेल (प्रसाद)
ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्स : रोमियो एन्ड मुना
रङ संयोजन : अर्जुन कार्की (हरी)
आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)
सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियोँ)
अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)
डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)
छायांकार : चिन्तनराज भण्डारी (हरी)
पपुलर अभिनेत्री : साम्राज्ञी शाह
पपुलर अभिनेता : अनमोल केसी
पपुलर फिल्म : छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म : हरि
अभिनेता : बिपिन कार्की (प्रसाद)
अभिनेत्री : मेनुका प्रधान (साइँली)
निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)
फिल्म : छक्का पञ्जा ३