निश्चलको गुनासो–बिग्रेको सिस्टमको कारण कैयौं यस्ता घटना घटिरहेछन्

कलाकार आदर्श मिश्राले मंगलबार आफ्ना पितालाई गुमाए । पिताको निधन चाहिने समय भन्दा थोरै डायलसिस भएका कारण भएको आरोप मिश्राले लगाएका छन् । नारायणी अस्पताल, विरगञ्जमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्रै गराएपछि मिश्राले पितालाई उपचारका लागि भरतपुर अस्पताल पुर्याएका थिए ।

उनको पिताको भरतपुर अस्पतालमा नै निधन भयो । आदर्शका पिता ४ बर्षदेखि मृगौलाको उपचार गराइरहेका थिए ।

आदर्शका पिताको निधनपछि निर्देशक तथा कलाकार निश्चल बस्नेतले लेखेका छन्–‘सायद आदर्शले भनेको कुरा हामीले पनि सुन्नुपर्ने ठाउँमा पुर्याउन सकेको भए । हामीले केही नगर्नु र अस्पताल प्रशासनले केही नगर्नुमा धेरै फरक पर्छ । डायलसिस समयमा गर्न नसक्नु भनेको, चाहिने समयभन्दा थोरै गर्नु भनेको बिरामीको ज्यानको माया मार्नु सरह हो । मेरो घरमा पनि डायलसिसको बिरामी हुनुहुन्छ । कती कठिन हुन्छ थाहा छ मलाई । सायद, त्यो विग्रेको मेसिन समयमा नै बनाउने प्रशासन भएको भए, सायद कोभिड मात्र हैन अरु रोग पनि छ जसले अप्ठ्यारो पारिरहेछ भन्ने हाम्रो हेल्थ सिस्टमले पहिले नै वुझेको भए आज उसलाई सहानुभुतीको आवश्यकता पर्ने थिएन होला ।’

निश्चलले अभिभावक गुमाउनुको पीडा आफूले संझिन पनि नसक्ने भन्दै आदर्शले भोगिरहेको उल्लेख गरेका छन् । निश्चलले अगाडि लेखेका छन्–‘हाम्रो गैह्र जिम्मेवार नेतृत्वको बिग्रेको व्यवस्थाको कारण कैयौं यस्ता घटना घटिरहेका छन् । डर लाग्छ हामी पनि कहिले यही व्यवस्थाको शिकार हुन्छौं भनेर ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments