भारतिय टेलिभिजन अभिनेत्री श्वेता तिवारीलाई कोरोना संक्रमण

भारतिय टेलिभिजन क्षेत्रकी चर्चित अभिनेत्री श्वेता तिवारीलाई कोरोना संक्रमण भएको छ । श्वेता हाल सोनी च्यानलबाट प्रसारण हुने सिरियल मेरे डाड कि दुल्हानमा मुख्य भूमिकामा छिन ।सोही सिरियलको शूटिङको क्रममा श्वेतालाई सामान्य खोकी लागेपछी श्वेताले टेस्ट गराएकी हुन। श्वेताले कोरोना परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

श्वेताका सह कलाकार बरुन बडोलाको रिपोर्ट नेगेटिभ आएको छ भने बरुनकी पत्नी राजेश्वरी सचदेवको रिपोर्ट चाँही पोसिटिभ आएको छ। आफुलाई कोरोना संक्रमण भएको कुरा सेटसँग जोडिएका एकजनालाइ श्वेताले जानकारी दिए पछि हो हल्ला भएको थियो । हाल सिरियलको शूटिङ रोकिएको छ। भारतीय मिडियाका अनुसार श्वेता आफ्नी छोरी पलक सँग होम आइसोलेसनमा अक्टोबेरसम्म बस्ने छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments