आदित्य नारायण अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्दै
गायक तथा टेलिभिजन रियालिटी शोका सञ्चालक आदित्य नारायण झाले विवाह गर्ने भएका छन् । उनले आफ्नी प्रेमिका अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन् । अभिनेत्री श्वेताले दक्षिण भारतीय फिल्ममा प्रभास तथा किच्चा सुदीपजस्ता कलाकारसँग अभिनय गरिसकेकी छन् ।

केही समय अगाडि आदित्यको विवाह गायिका नेहा कक्करसँग हुने चर्चाले बलिउड तताएको थियो। यता उनको विहेको हल्ला चलिरहँदा उता आदित्यले १० वर्षदेखि श्वेतासँग प्रेम सम्बन्धमा रहेको बताएका छन् । भारतिय सञ्चारमाध्यमका अनुसार १० वर्षको सम्बन्धलाई विहेमा परिणत गर्न दुबैका परिवार राजी भएको जनाएका छन्।

१० बर्ष अगाडी आदित्यले श्वेतासँग फिल्म ’शापित’को सेटमा भेटेका थिए । उनीहरु एकअर्काबीच यसै फिल्मको सेटबाट एकअर्कालाई मन पराउन थालेको थिए । भारतिय मिडियाका अनुसार आदित्यले नोभेम्बर वा डिसेम्बरमा विहे गर्ने समय तोकेका छन् ।

इण्डियन आइडलको जजसमेत रहेकी नेहा र शोका सञ्चालक आदित्यको विवाहको घोषणा कार्यक्रमको सेटमा आदित्यका बाबु गायक उदित नारायण झाले गरेका थिए ।नेहासँगको विवाह कार्यक्रमको कथा अनुसार भएको आदित्यले बताएका छन् । नेहाले रोहनप्रीत सिंहसँग विहे गर्न लागेको कुरा बाहिर आएको केहि दिनमै आदित्यले विवाहको घोषणा गरेका हुन् ।
