रिया चक्रवर्ती पक्राऊ

सुशांत सिंह राजपूत मृत्यु प्रकरणमा मंगलबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले रिया चक्रवर्तीलाई गरेको छ ।  यो प्रकरण ड्रग्ससँग जोडिएपछि एनसीबीले रियालाई पक्राउ गरेको हो।   

रिया  चक्रवर्ती यस मुद्दामा पक्राउ पर्ने आठौं व्यक्ति हुन्। पक्राउ पर्नेमा रियाका भाइ शोविक , सुशांतका  सहयोगी  दीपेश सावन्त र घर प्रबन्धक श्यामुयल  मिरांडा रहेका छन्। 

आज रियासँग ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले उनलाई नियन्त्रणमा लिएको हो । पहिलो दिन उनलाई ६ घन्टासम्म सोधपुछ गरेको थियो भने दोस्रो दिन ८ घन्टा सोधपुछ गरिएको थियो । “रिया चक्रवर्ती पूर्ण रूपमा यस अर्थमा उजागर भएकी छिन्  कि उनीसँग ड्रग पेडलरहरूसँगको सम्बन्ध थियो। यो स्थापित गरिएको छ, त्यसैले उनी पक्राऊ परेको र नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनी विरुद्ध सबूतहरू भेट्टाएको हुनुपर्छ।” भनेर  बिहारका डीजीपी गुप्तेश्वर पाण्डेले भने।

मृतक अभिनेताकी बहिनी प्रियंका सिंह, डा. तरुण कुमार र केही अन्य व्यक्ति विरुद्ध भारतीय दंड संहिताको विभिन्न धाराहरु र मादक पदार्थको औषधि तथा साइकोट्रोपिक सबस्टन्स (एनडीपीएस) ऐन अन्तर्गत मुम्बईको वांद्रे पुलिसमा रियाले  मुद्दा दर्ता स्टेशनमा गरेकी छिन ।  

केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआइ) ले सुशांत सिंह राजपूत मृत्यु प्रकरणमा चक्रवर्ती र अरु धेरैको बिरुद्धमा एफआईआर दर्ता गरेको छ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments