बिना राउत र सरोज प्रजा अभिनित ‘छैन मैले बिर्सेको’ ( भिडियो )

धेरै पहिला देखिनै निरन्तर पृथक स्वादका मिठा मिठा गीतसंगीत मार्फत नेपाली दर्शक स्रोतामाझ लोकप्रिय बन्दै आएका अस्ट्रेलिया निवासी युवा गायक राजेश के सीको नयाँ गीत ‘छैन मैले बिर्सेको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

मिन सागर लामाको शब्द र चन्द्र कुमार दोङ्गको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ ।पछिल्लो समयका चर्चित मोडेलहरु बिना राउत र सरोज प्रजाको अभिनय रहेको भिडियोमा फराज अर्पणको क्यामेरा , सम्पादन निर्देशन रहेको छ।

भिडियोलाई एसियन म्युजिकले बजारमा ल्याएको हो। लामो समयदेखि अस्ट्रेलियामा बस्दै आउनु भएका गायक राजेश के सीको करिब १ दर्जन भन्दा बढी हिट गीतहरु आइसकेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments