अमेरिकाबाट बिक्रमको कोसेली ‘केही त बोली देउन’ ( भिडियो )

काठमाडौं – गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको ‘केही त बोली देउन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिक्रम साम्पाङको शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेका हुन्।

गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा मोबिन सुब्बा र सुनिता डाँगी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामा गरिएको हो जसलाई राज माझीले खिचेका हुन्।

सुस्मिता राई सहायक निर्देशक रहेको भिडियोलाई बिक्रम साम्पाङको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘न्यु क्रियशन प्रोडक्शन’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments