पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी ‘रेड वाइन’मा
नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन पल शाह र चर्चित अभिनेत्री हुन साम्राज्ञी राज्यलक्ष्मी शाह। पल र साम्राज्ञीले अहिले सम्म सँगइ काम गरेका भने छैनन। पल र साम्राज्ञीका फ्यानसहरु लाई यो जोडी संगै हेर्ने रहर पकै पनि होल। फ्यानसहरुको यो इक्ष्या अब छिट्टै पुरा हुँदै छ। पल र साम्राज्ञी एक साथ देखीने भएका छन।

लामो समय देखि फिल्म निर्माता तथा संञ्चारमाध्यममा आबद्ध रहेका रमेश एम के पौडेलले फिल्म ‘रेड वाइन’बाट निर्देशका रुपमा आउने आएका छन् । हालै फिल्मका लागि मुख्य दुई कलाकार फाइनल गरेका छन् । रेड वाइनमा अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएका छन ।
यसै फिल्मबाट पल र साम्राज्ञी पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । पल र साम्राज्ञीका अलवा फिल्ममा हाँस्य कलाकार सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाले अभिनय गर्ने छन् । फिल्मको छायांकन अमेरिकामा नै हुने निर्माण पक्षले जनाएको छ ।
फिल्मका लागि लगानी अमेरिकामा नै बस्दै आएका व्यवसायी पासाङ लामा र आर्यन पौडेलको रहनेछ । फिल्म ‘रेड वाइन’ आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुन लागेको हो । यस फिल्ममा ८८४८ मिडियाको पनि आवद्धता रहनेछ । कोरोना महामारीका कारण अवस्था हेरेर दसैं र तिहारको विचमा अमेरिकामा नै गरिने निर्माण पक्षको भनाई छ ।
