पल शाहले भोकै रहेकालाई खुवाए नि:शुल्क मिठो खाना |
लक्डाउनको यो समयमा अभिनेता पल शाह निकै नै बेस्त भएका छन | लक्डाउनमा पल शाहको म्युजिक भिडियोहरुपनी एक पछी अर्को गर्दै आए | पल शाह म्युजिक भिडियो किङ नै भएका छन | म्युजिक भिडियोमा बेस्त भएका पल अरु काममा पनि बेस्त भएका छन र त्यो काम हो सामाजिक कार्य | लक्डाउनको यो समयमा पलले धेरै सामाजिक कार्यहरु गरिरहेका छन | लक्डाउन सुरु भएको बेलानै उन्ले चलचित्रका प्राबिधिकहरुलाई ५ लाख रुपैयाको सहयोग गरेका थिए | त्यस्पछी उनी कालिकोट पुगे | कलिकोटमा उन्ले बादी पीडितलाई सिरक र दसना संगै अरु आवश्यक कुराहरु बितरण गरेका थिए | अहिले फेरी पल शाहले अर्को सहयोग गरेका छन | उन्ले सडकमा भोकै बसेकाहरुलाई मिठो खान खुवाएका छन | भोकै बस्छु तर भोकै कसैलाई मर्न दिन्न भन्दै उन्ले सडकमा भोकै रहेकालाई खाना खुवाएका छन | हाम्रो टिम नेपालसँग मिलेर पल शाहले यो कार्य गरेका हुन | अरुलाई मदत गर्न पाउदा आफु खुशी हुने पल शाहले बताएका छन | सक्नेले सक्दो मदत गर्नुपर्छ भन्ने पलको बिचार रहेको छ | पकै पनि पल शाहले लक्डाउनको यो कठिन समयमा जसरी सामाजिक कार्यहरु गर्दै छन त्यो तारिफ योग्य नै रहेको छ |