‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द

चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द भएको छ ।

कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपनि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।

फेसबुकमा भनिएको छ, ‘कोभिड‘१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन–२ का नयाँ एपिसोड पस्किन असमर्थ छौं ।

अहिलेलाई हाम्रो छायाङ्कन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चाँडो नयाँ ऊर्जा सहित आउने नै छौं । सुरक्षित बसौँ, आफ्नो र आफन्तको ख्याल गरौँ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments