प्रधानमन्त्री कप २०७७को उपाधी आर्मी लाई

प्रधानमन्त्री कप २०७७को उपाधी त्रिभुवन आर्मी ले जितेको छ। टि यु क्रीकेट मैदानमा आज भएको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबले दिएको २१२ रनको लक्ष्य पछ्याएको ए पि एफ १७८ मा समेटियो ।

प्रतियोगितामा आर्मि को यो दोस्रो उपाधी हो। एपीएफका लागि आशिफ शेखले सर्वाधिक ६१ रनको योग्दान दिएपनि । ७१ बलको सामना गरेका आशिफले ८ चौका र १ चौकाको मदतले ६१ रन बनाएका हुन। बलिङ तर्फ आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३/३ विकेट । यस अघी बिहान टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २११ रन बनाएको थियो।

आर्मीको लागि हरी चौहानले सर्वाधिक ५८ रन बनाएका थिए। यस्तै राजेश पुलामीले २८ रन बनाउदा , शाहब आलमले २५ रनको अविजित पारी खेलेका थिए

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments