क्लब बिश्वकप को उपाधी बायर्न म्युनिख लाई

मेक्सिकन क्लब टाइगर्स क्लबलाई पराजित गर्दै जर्मन च्याम्पियन बायर्न म्युनिखले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । बायर्न को जित मा बेन्जामिन पाभार्ड ले गरेको एक मात्र गोल निर्णायक हुन पुग्यो । बायर्न को पछिल्लो ९ महिनामा यो छैटौं क्लब उपाधि हो ।
खेल को ५९ औ मिनेटमा पाभार्ड ले गरेको गोल अफ साइड दिएको थियो तर पछि भिडियो असिस्टेन्ट रेफ्रीले हेर्दा उक्त गोल ले मान्यता पाएको थियो ।
पछिल्लो ८ संस्करणदेखि क्लब विश्वकपमा युरोपियन च्याम्पियनमात्र विजेता रहँदै आएका छन । पछिल्लो संस्करण ईंग्लिश क्लब लिभरपुलले यो उपाधी जितेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments