चेल्सी लिभरपुलसँग पराजित

साडियो मानेको दुई गोल मद्दतमा साविक विजेता लिभरपुलले प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ।  पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको सुरुवाती १० मिनेटमै मानेले लिभरपुलका लागि दुई गोल गरे ।

चेल्सीका गोल किपर केपा अरिजाबालागाको गम्भीर गल्तीको कारण लिभरपुलको दोश्रो गोल संभव भएको थियो । मानेले ५० औं र ५४औं मिनेटमा गोल गरे।

गरे।  ७५औं मिनेटमा चेल्सीले गोलअन्तर कम पार्ने अवसर पाएको थियो । तर जर्जिन्होले पेनाल्टीमा गोल गर्न चुके।  उनको प्रहार लिभरपुलका गोलकिपर एलिसनले बचाए।

पहिलो हाल्फको अन्त्य तिर चेल्सीका आन्द्रेस क्रीस्टेन्सन रातो कार्ड खादै मैदान बाहिर भएका थिए। लिगमा लिभरपुलको यो लगातार दोस्रो जीत हो।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments