दबाब मा रहेको चेल्सी आज फुलह्याम बिरुद्द खेल्दै

इङलिस प्रीमियर लिग अन्तर्गत आज १८औ चरणका चार खेल हुँदै छ्न । नेपाली समय अनुसार साझ सबा ६ बजे हुने पहिलो खेल मा उल्भस र वेस्ट ब्रोम बिच खेल हुँदै छ त्यस्तै राती पौने नौ बजे हुने २ खेल मा लिड्स युनाईटेड विरुद्ध ब्राइटन तथा वेस्ट ह्याम विरुद्ध बर्नली एकाआपस मा भिड्दैछ्न ।

यस्तै आज को अन्तिम खेल मा पछिल्लो समय निकै खराब लय मा रहेको चेल्सी ले फुलह्याम को सामना गर्ने छ । फुलह्याम को घरेलु मैदानमा हुने खेल राती सबा ११ बजेदेखि सुरु हुने छ । लिग अन्तर्गत पछिल्लो ६ खेल मा एउटा खेल मात्र जितेको चेल्सी निकै दबाबमा रहेको छ । आज को खेल पनि हारेको खण्डमा चेल्सी का मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्ड को भबिस्य खतरामा पर्ने सम्भावना अझै बढ्ने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments