नेपाली क्रिकेट टिम ले गर्ने भनेको कतार भ्रमण स्थगित

नेपाली क्रिकेट टिम ले यहि फेब्रुअरी ९ देखि १२ गते सम्म गर्ने भनेको कतार भ्रमण स्थगित भएको छ । नेपाल क्रिकेट संघ क्यान ले एक बिज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको छ ।

कतार मा बढ्दै गएको कोरोना संक्रमण को दर लाई मध्य नजर गर्दै कतार सरकारले कतार स्पोर्ट्स डे भनेर तय गरिएको सम्पुर्ण खेल गतिविधि स्थगित गरेपछी नेपाल ले गर्ने भनेको भ्रमण स्वतह स्थगित भएको हो ।

कतार भ्रमण को क्रम मा नेपाल ले ३ वटा टि ट्वान्टी खेल खेल्ने कार्यक्रम थियो । त्यस्तै क्यान ले अर्को आधिकारिक सूचना न आए सम्मको लागि नेपाली क्रिकेट टिम को बन्द प्रशिक्षण पनि बन्द गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments