पारस खड्का ले त्रिकोणात्मक सिरिज गुमाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्ब कप्तान पारस खड्काले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज गुमाउने भएका छन् ।

चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज गुमाउने भएका हुन् ।

पारसले केही दिन अघि प्रशिक्षण दौरान चोट बोकेका थिए ।

उनले फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेको बताइएको छ ।

डाक्टरले उनलाई करिब ३ हप्ता आराम गर्ने सल्लाह दिएका छन्। उनको स्थान मा युबा ब्याट्सम्यान सन्दिप जोरालाइ टिम मा बोलाइएको छ ।

नेपालले सिरिजको पहिलो खेलमा भोलि शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ ।

नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।

नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments