धर्मराएको नेपाली क्रिकेट र अबका चुनौतीहरु
बिश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नामिबिया भ्रमण मा रहेको नेपाली क्रिकेट टिम ले चार मध्ये एक खेल वर्षाका कारण रद्द भएर नेपालले अंक बाध्न पर्यो भने तीन खेल मा हार बेहोर्यो। तीन खेल मा हार बेहोरे पछि नेपाली क्रिकेट जगत अहिले निकै तरंगित छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को आयोजना मा सन २०१९ बाट सुरु भएको यो प्रतियोगितामा सहभागी ७ वटा टिम को प्रदर्शन हेर्दा समग्रमा अरु टिम को भन्दा नेपाल को प्रदर्शन निकै फितलो छ । डिभिजन दुई मा अहिलेसम्म नेपाल ले २४ वटा खेल खेलिसकेको छ भने अब बाकी १२ वटा खेल खेल्न बाकी छ । डिभिजन २ मा नेपाल ले गरेको प्रदर्शन को अहिलेसम्मको आकडा केलाउदा नेपाली क्रिकेट ले अहिलेसम्म पाएको सफलता नै गुम्ने होकि भन्ने डर पलाउन थालेको छ । एसोसिएट क्रिकेट राष्ट्र मा सर्बाधिक फ्यान भएको र सन २०१४ मा बिश्वकप क्रिकेट खेलेर सन्सार भरी वाह वाही पाएको नेपाली क्रिकेट अहिले किन यो कठिन मोड मा आयो त यसै बिषय मा हामिले केही पक्ष केलाउने कोशीस गरेका छौ ।
एकदिवशिय मान्यता नै गुम्ने डर
७ राष्ट्र सम्मीलित डिभिजन दुई अन्तर्गत नेपाल अहिले १८ अंक सहित पुच्छर बाट दोश्रो नम्बरमा रहेको छ । नेपाल ले अहिले सम्म खेलेको २४ खेल मध्ये ८ जित निकाल्दा १४ मा हार बेहोरिसकेको छ भने एउटा खेल बर्षा को कारण रद्ध भएको छ । यसरी अहिलेसम्म को अवस्था हेर्दा नेपाल ले आफ्नो एकदिबशिय मान्यता गुमाउने लगभग निश्चित जस्तै रहेको छ । सन २०१९ को फेब्रुअरी १४ भ्यालेन्टाइन डे को दिन क्यानडा विरुद्ध करन केसी ले अबिस्वास्निय इनिङ खेल्दा नेपाल ले एक विकेट को नाटकिय जित निकाल्दै आइसीसी बाट एकदिबसीय मान्यता पाएको थियो । तर अब यहि एकदिबसीय मान्यता नै गुम्ने खतरा बढ्दै गएको छ ।

लय समात्न नसकेका नेपाली खेलाडी , अपरिपक्व कप्तानी
क्रिकेट सामुहिक खेल भएपनी कुनैपनी एक खेलाडी को ब्याक्तिगत प्रदर्शन ले टिम को हार जित मा नै फरक पार्ने गर्छ । डिभिजन दुई अन्तर्गत अहिलेसम्म नेपाल ले खेलेका २४ खेल को समग्र स्थिति हेर्दा कुनै पनि नेपाली खेलाडी को प्रदर्शन उत्कृष्ट छैन । बलिङ ब्याटिङ र फिल्डिङ तीन पक्ष मा नै नेपाली खेलाडी को प्रदर्शन औसत मात्र छ । ब्याटिङ तर्फ को तथ्यांक हेर्दा नेपाल का कुनैपनी ब्याट्सम्यान टप १५ भित्र अटाउन सकेका छैनन । डिभिजन दुई मा नेपाल बाट सर्बाधिक रन बनाउने सुचिमा पुर्ब कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन । बलिङ तर्फ भने नेपाल बाट सन्दिप लामिछाने र करन केसी मात्र उत्कृष्ट १५ भित्र पर्न सफल भएका छ्न ।

सन्दिप ले २० खेलमा ४२ विकेट लिदै ५ औ नम्बर मा हुदा केसी २० खेलमा ३८ विकेट लिदै नबौ स्थान मा रहेका छ्न । ब्याटिङ तर्फ नेपाल का सर्बाधिक भरपर्दा खेलाडी मध्येका दिपेन्द्र सिंह ऐरी आरिफ शेख र कुशल भुर्तेल को प्रदर्शन फिक्का रहेको छ भने बलिङ तर्फ पुर्ब कप्तान सन्दिप लामिछाने र करण केसी बाहेक निकै अनुभवी सोमपाल कामी ले १९ खेलमा २५ विकेट लिएका छ्न यसरी हेर्दा नेपाल का कुनैपनी खेलाडी ले लय समात्न नसकेको प्रष्ट देखिन्छ । तत्कालिन कप्तान सन्दीप लामिछानेको बर्खाश्त पछी रोहित कुमार पौडेललाई कप्तानीको जिम्मा दिएको छ। २० वर्षको कलिलो उमेरमा कप्तानीको जिम्मेवारी पाएका रोहितको कप्तानीमा अपरीपक्वता देखिन्छ भने पुरै टिमको भद्रगोल अवस्था छ।
कप्तान सन्दीप लामिछाने बिनाको नेपाली टिम
नेपाल का पुर्ब कप्तान सन्दिप लामिछाने नाबालिका बलात्कार को मुद्दामा अहिले प्रहरी हिरासतमा रहेका छ्न भने उनलाइ लागेको बलात्कार आरोप को मुद्दा अहिले काठमाडौं जिल्ला अदालत मा बिचाराधिन रहेकोे छ । ५ वटा टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्न को लागि केन्या भ्रमण जानू अगाडि नाबालिका बलात्कार गरेको मुद्दा लागेपछि नेपाल क्रिकेट संघ क्यान ले कप्तान सन्दिप लामिछाने लाई निलम्बन गर्दै उक्त मुद्दा किनारा नलाग्दा सम्म कुनैपनी क्रिकेट गतिविधि मा लाग्न बाट बन्देज लगाएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा हुने गरेका सबै फ्रेन्चाइज लिग हरु खेलेको अनुभव बटुलिसकेका कप्तान सन्दिप नै बलात्कार को आरोप मा कारबाही मा परेपछि नेपाल अहिले मुख्य खेलाडी बिहिन जस्तै भएको छ । नाबालिका बलात्कार को मुद्दा लाग्न भन्दा अगाडि सन्दिप ले नेपाल को लागि २० खेल खेल्दै ४२ विकेट लिदै सर्बाधिक विकेट लिने सुचिमा पाचौं नम्बर मा रहेका थिए ।

राजनीति र नेपाली क्रिकेट संघ क्यान
नेपाल मा हरेक खेल क्षेत्रमा राजनीति हाबी हुने गरेको आरोप लाग्ने गर्दछ । यसबाट क्रिकेट पनि अछुतो रहने कुरै भएन । नेपाल को खेल जगत मा सबैभन्दा बढी राजनीति हुन्छ भने यहि क्यान मै हुने गर्दछ । नेपाली क्रिकेट को अभिभावक निकाय नेपाल क्रिकेट संघ क्यान नै राजनीति को चङुल मा फसेको छ । क्यान का अध्यक्ष देखि अरु पदाधिकारी हरुको ध्यान नेपाली क्रिकेट को बिकाश र बिस्तार मा भन्दा नि आफ्नो राजनीति को आडमा आफ्नो दुनो सोझाउने तिर बढी छ ।

क्यान को बर्तमान कमिटी मा नेपाली कांग्रेस पार्टी आबद्द ब्याक्ति हरुको बोलबाला रहेको छ । क्यान अध्यक्ष चतुर बहादुर चन्द नै नेपाली कांग्रेस को बैतडी जिल्ला सभापति हुन भने क्यान का जनरल म्यानेजर बिनोद दास पनि नेपाली कांग्रेस कै चुनावी घोषणा पत्र मसौदा समितिको सदस्य रहेको समाचार केही महिना अघि बाहिर आएको थियो । यसरी हेर्दा क्यान का मुख्य जिम्मेवार ब्याक्ती हरु नै क्रिकेट खेल को बिकास मा भन्दा पार्टी राजनीति मा बढी सक्रिय रहेको प्रष्ट देखिन्छ । यसरी क्यान को ध्यान क्रिकेट मा भन्दा राजनीति मा बढी भएको हुनाले पनि नेपाली क्रिकेट को यो अवस्था आएको क्रिकेट जानकार हरुले बताउदै आएका छ्न ।
खेलाडी हरु बिच नै गुटबन्दी
केही महिना अघि खेलाडी ग्रेडिङ गर्ने क्रममा राष्ट्रिय टिम का मुख्य सदस्य रोहित पौडेल लाई ए ग्रेड मा नराखेको भन्दै राष्ट्रिय क्रिकेट टिम का अधिकांस सदस्य हरु ले असन्तुष्ट जनाएका थिए । त्यसै क्रममा क्रिकेट संघ क्यान लाई जानकारी नै नदिइ सेतो पाटी मिडिया मा उक्त ग्रेडिङ को बिषय मा अन्तरबार्ता दिएपछी नेपाल का तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल , उपकप्तान दिपेन्द्र सिंह ऐरी र अर्का तीब्र गतिका बलर कमल सिंह ऐरी लाई क्यान ले कारबाही गर्यो ।
उक्त कारबाही मा कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरी लाई उनीहरुको जिम्मेवारी बाट हटाउदै राष्ट्रिय टिम को कप्तान को जिम्मेवारी सन्दिप लामिछाने लाई दियो तर टिममा अरु सिनियर खेलाडीहरु हुदाहुदै कम अनुभवी सन्दिप लाई कप्तान को जिम्मेवारी सुम्पिएको भन्दै राष्ट्रिय क्रिकेट टिम मा धेरै सदस्य ले चरम असन्तुष्टि जनाएको खबर बाहिर आएको थियो ।

उक्त घटना पछि नेपाली क्रिकेट टिम भित्र रहेकोे राजनीति र गुटबन्दी को अवस्था सबैसामु छर्लङ्ग भएको थियो । खेलाडी को काम खेल्ने हो तर नेपाली क्रिकेट टिम मा रहेका अधिकांस खेलाडीहरुको ध्यान क्रिकेट खेलमा भन्दा मैदान बाहिर हुने अन्य गतिविधि मा बढी देखिदै आएको छ । राष्ट्रिय टिम का सिनियर खेलाडी हरु नै टिम भित्र गुट उपगुट मा लागिरहेको आरोप लाग्दै आएको छ । राष्ट्रिय टिम भित्र रहेका खेलाडी हरु ले नै एकाअर्कालाई सामाजिक सन्जाल मा अनफलो गर्ने देखि लिएर ब्लक सम्म गरेको घटना ले उक्त गुटबन्दी रहेको कुरा लाई थप मलजल गर्छ । यसरी टिम मा रहेका सदस्य हरुबिच नै आपसी मेल नहुदा यसको असर नेपाल को प्रदर्शन मा देखिदै आएको छ ।

सामाजिक सन्जाल मा चर्को असन्तुष्टि
सबैभन्दा बढी क्रिकेट समर्थक को हिसाब मा एसोसिएट क्रिकेट राष्ट्र मा नेपाल को जति फ्यान कुनैपनी देश मा छैनन । आफ्नो टिम ले जित्दा खुसी लाग्ने र हार्दा दुख लाग्नु स्वभाविक हो तर अहिले परिस्थिति बेग्लै छ । नेपाली फ्यान हरुले अहिले आफ्नो टिम ले जितेको बेला पनि खासै खुसी नलाग्ने र हार्दा पनि खासै दुख नलाग्ने गरेको बताउन थालेका छ्न ।

नेपाली राष्ट्रिय क्रिकेट टिम को पछिल्लो प्रदर्शन लाइ लिएर नेपाली क्रिकेट समर्थक हरुले सामाजिक संजाल मार्फत चर्को असन्तुष्टि जनाउन थालेका छ्न । नेपाली क्रिकेट का सबैभन्दा ठूलो फ्यान समूह नेपाली क्रिकेट फ्यान अन फेसबुक ( एनसीएफएफ) मा अहिले नेपाली क्रिकेट टिम को प्रदर्शन लाइ लिएर विभिन्न किसिमका प्रतिक्रिया राखेका छ्न । कतिपय फ्यान हरुले नेपाली राष्ट्रिय क्रिकेट टिम का सदस्य हरुले खेलमा भन्दा अरु गतिविधि मा दिएको आरोप सम्म लगाएका छ्न भने कतिपय फ्यान ले अधिकांस खेलाडी अरु चरम गुट उपगुट मा लागेको आरोप लगाएका छ्न ।
अब को बाटो के त ?
सन १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपाल ले २०२२ सम्म आउदा निकै उतारचढाव को सामना गरेको छ । नेपाल मा फ्यान फ्लोइङ को हिसाब ले फूटबल पछि क्रिकेट दोस्रो नम्बर मा परेपनी अन्तर्राष्ट्रिय प्रतियोगिता मा पाएको सफलता को आधारमा फूटबल ले भन्दा क्रिकेट ले नेपाल लाई सबैभन्दा ठुलो सफलता दिलाएको छ । त्यसमा सन २०१४ मा बाङ्लादेश मा सम्पन्न टि ट्वान्टी बिश्वकप मा नेपाल को सहभागीता खेल क्षेत्र मा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसी ले बाट सन २०१९ मा अन्तर्राष्ट्रिय एकदिबसिय मान्यता पाउनु अर्को ठूलो सफलता हो । सन २००८ बाट डिभिजन पाच बाट सुरु भएको नेपाली क्रिकेट को स्वर्णिम युग अहिले २०२२ मा आउदा कताकता धर्मराएको जस्तो भान हुन थालेको छ । अहिले बिश्व क्रिकेट लिग डिभिजन २ को अंक तालीका हेर्दा नेपाल ले आफ्नो एकदिबशिय मान्यता नै गुमाउने खतरा बढेको छ ।

डिभिजन दुई मा नेपाल ले अहिलेसम्म २४ वटा खेल खेलेको छ र ८ जित सहित तालिका को छैटौं स्थान मा संघर्ष गरिरहेको छ । यसरी हेर्दा यदि नेपाल ले आफ्नो अन्तर्राष्ट्रिय एकदिबशिय मान्यता कायम राख्ने हो भने नेपाल लाई खेल्न बाकी १२ खेल मध्ये कम्तिमा ८ खेलमा स्पष्ट जितको आबस्यकता छ । तर नेपाली क्रिकेट टिम को बर्तमान लय हेर्दा यो असम्भव जस्तै देखिन्छ ।
यसरी सबै मैदान भित्र र मैदान बाहिर का गतिविधि हेर्दा नेपाली क्रिकेट को भबिष्य अहिले निकै गम्भीर मोड मा पुगेको र कतिपय नेपाली क्रिकेट का दिग्गज ले त नेपाली क्रिकेट केन्या को बाटो मा लागेको बिश्लेषण सम्म गर्न थालेका छ्न । यी सबै गतिविधि हरुलाइ नजिक बाट केलाउदा अब नेपाली क्रिकेटलाई फेरि उहीँ अबस्थामा पुर्याउन को लागि नेपाल क्रिकेट संघ क्यान र अन्य सरोकारवाला निकाय हरु बेलैमा सचेत हुन आबस्यक देखिन्छ ।

कमजोर भौतिक संरचना, नियमित घरेलु क्रिकेटकाे अभाब, पर्याप्त अन्तर्राष्ट्रिय खेलको अनुभब नहुनु नै मुख्य समस्या होला। तर यहां विगत केही बर्ष देखि हरेक अन्तराष्टिय खेलमा व्यस्त केही खेलाडी हरु ले पनि आफ्नो क्षमता अनुसार को खेल नखेल्दा अरु । अबश्य पनि यी सबै उल्झन हरु मिलाउने जिम्मा नेपाल संघको नै होला । तर जसरी नेपालले केही वर्षदेखि लगातार माथिल्लो लेभलको क्रिकेट खेल्दै आएको छ र पनि लगातार कमजोर प्रर्दशन हुनुमा अरू पनि भित्री समस्या छन भन्ने कुरा प्रष्ट हुन्छ ।
