मुम्बई इन्डियन्सद्वारा पंन्जाब पराजित
इन्डियन प्रिमियर लिग(आइपिएल) मा बिहिबार मुम्बई इन्डियन्सले किङ्स ११ पंन्जावलाई ४८ रनले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको छ।सेख जायद रंगशालामा टस हारी ब्याटिङको निम्तो पाएको मुम्बईले पूरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९१ रन बनाएको थियो।

मुम्बईको लागि कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेल्दै सार्वधिक ७० रन जोडे। उनले ४५ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर इन्टिन डिकक कोम्ट्रेलको बलमा सुन्यमा आउट भए। चौथो ओभरमा सुर्यकुमार यादव १० रन बनाएर रन आउट भएपछि मुम्बई २१-२ को स्थितिम थियो।

रोहितलाई इसानले ३२ बलना २८ रन जोड्दै साथ दिएका उनी गोथ्वामको बलमा आउट भए। पोलार्डले ४७ रन जोडे। उनले २० बलमा ४ छक्का र ३ चौका प्रहार गरे। हार्दिकले ११ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३० रन जोडे। पंन्जाबको लागि कोन्ट्रल ग्वोथाम्ले समान १-१ विकेट लिए। १९२ रनको विजयी लक्ष्य पछ्याएको पंन्जावले २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १४३ रन बनाउन सक्यो।

ओपनर केएल राहुल १७ रन जोडेर आउट भए। मयङ्क अग्रवालब२५ रन जोडेर बुम्राको बलमा आउट भए। उनले १८ बलमा ३ चौका प्रहार गरेका थिए। यस्तै नैरले खाता खोल्न पनि सकेनन्। पोरानले २७ बलमा ४४ रन जोड्दै पंन्जावको इनिङ्स उकास्ने प्रयास गरेका थिए। उनले ३ चौका र २ छक्का प्रहार गरे।

निकलोस पोरान आउट भएपछि २३ रन जोड्दा पंन्जाबले ४ विकेट गुमायो। म्याक्सवेलले ११ रन र ग्वोथमले २२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोर अङ्क जोड्न सकेनन्।

मुम्बईको लागि जस्प्रित बुम्रा, राहुल चहार, जेम्स पट्टिसनले २-२ विकेट लिदा बोल्ट र कुर्नाल पाण्डयले समान १-१ विकेट लिए। जितसँगै मुम्बई ४ खेलमा २ जित र २ हार बेहोर्दै ४ अङ्क जोडेर पहिलो स्थानमा उक्लिएको छ।
