बार्सिलोना को लज्जास्पद हार

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा बार्सिलोनाले पहिले अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन र ४-१ को लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।

क्याम्प नोउमा खेलको २७ औं मिनेटमा कप्तान लिओनल मेसीले पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ३२औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेल १-१ को बराबरी मा ल्याए ।

दोस्रो हाफमा पीएसजीले तीन गोल थप्यो । जसमा एमबाप्पेले थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ६५ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाएका थिए । ७० औं मिनेटमा मोइस केनले पीएसजीको लागि तेस्रो गोल गरे । ८५औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-१ ले विजयी भयो ।

यस्तै अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २-० ले पराजित गरेको छ । हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा लिभरपुलका लागि मोहम्मद सालाह र साडियो मानेले १/१ गोल गरे । सालाहले ५३औं र मानेले ५८औं मिनेटमा गोल गरे ।

कोभिड १९ का कारण जर्मन सरकारले इंग्लिस टिमलाई देशमा प्रवेश गर्ने अनुमति नदिएपछि लाइपिजगले घरेलु खेल बुढापेष्टमा खेलेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments