चेल्सी र म्यान्चेस्टर युनाईटेड को बराबरी लिभरपुल बिजयी

ईंग्लिश प्रीमियर लिग को गएराती भएको खेलमा म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सीको घरेलु मैदान स्टामफोर्ड बृज मा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

दुवै टोलीले खेलमा गोलको केही राम्रा अवसर पाएपनि गोल गर्न सकेनन।

यो बराबरी पछि २६ खेलबाट ५० अंक जोडेको युनाइटेड दोश्रो स्थान मा यथाबत छ र उ लिग लिडर म्यानचेष्टर सिटीभन्दा अझै १२ अंकले पछि छ । यस्तै आर्सनलसँग ३-१ ले पराजित भएको लेस्टर सिटी भन्दा युनाइटेड १ अंकले अघि छ । चेल्सी भने २६ खेलबाट ४४ अंकसहित पाँचौ स्थानमै छ ।

यस्तै अर्को खेलमा लिभरपुल ले ले शेफिल्ड युनाईटेड लाई २-० ले पराजित गरेको छ । लिभरपुल को लागि कुर्टिस जोन्स ले एक गोल गर्दा अर्को गोल उपहार पाएको थियो । जितपछि २५ खेलबाट ४३ अंक जोड्दै लिभरपुल छैटौ स्थानमा उक्लेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments