ट्यामी अब्राहमको अन्तिम मिनेट गोलले हारबाट बच्यो चेल्सी
ईङ्लिस प्रिमियर लिग अन्तरगत शनिबार बेलुकी भएको खेलमा बलियो प्रतिद्वन्दी चेल्सीले घेरलु टोली वेस्ट ब्रोम सँग बराबरीमा चित बुझाएको छ । यो सिजन लिगको लिग दाबेदारको रुपमा हेरिएको चेल्सीको लागि यो खेल सोचे जस्तो रहेन ।

घेरेलु टोली वेस्ट ब्रोमले चेल्सीका डिफेन्डर अलोन्सोको खराब पासको सदुपयोग गर्दै खेलको ४ मिनेटमा अग्रता लिएको थियो । वेस्ट ब्रोमका लागि कालुम रोबिन्सनले पहिलो गोल गरेका थिए । चेल्सीका लागि प्रिमियर लिगमा डेब्यु गरिरहेका ब्राजिलका डिफेन्डर सिल्भाको गल्तीका कारण चेल्सी खेलको २५ औ मिनेटमा २-० गोल अन्तरले पछि पर्यो ।

खेलको दोस्रो गोल पनि कालुम रोबिनसनले नै गरेका थिए । चेल्सीको कमजोर डिफेन्डिङको फाइदा उठाउदै खेलको २७ औ मिनेटमा काएल र्बाटलेले घेरलु टोलीलाई ३-० गोलको अग्रता दिलाउन सफल भए । पहिलो हाफमा पाएको केही उत्कृष्ट मौकाको सदुपयोग गर्न नसक्दा चेल्सीले पहिलो हाफमा खेलमा र्फकने मौका गुमाएको थियो ।

दोस्रो हाफको ५५ औ मिनेटमा गोल गर्दै मेसन माउन्टले गर्दै चेल्सीका लागि खेललाई ३-१ गोल अन्तरमा पुर्याएका थिए । खेलको ७० औ मिनेटमा क्यालम हड्सन ओडाईले चेल्सीलाई खेलमा ३-२ गोल अन्तरमा पुर्याएका थिए । लगातारको प्रयास पछि खेलको ९३औ मिनेटमा ट्यामी अब्राहमले गोल गरेपछि खेल ३-३ को बराबरीमा पुगेको थियो ।

पहिलो हाफमा डिफेन्डरहरुको खराब प्रदर्शनका कारण ३ गोलले पछि परेको चेल्सीले दोस्रो हाफमा ३ गोल गर्दै १ अंक लिन सफल भयो । आफ्नो ३ गोलको अग्रता जोगाउन नसक्दा घरेलु टोली वेस्ट ब्रोम १ अंकमा चित्त बुझाउन बाध्य भयो ।
