लयमा फर्कियो लिभरपुल टोटेनह्याम ३-१ ले पराजित

टोटनह्याम लाई ३–१ गोल अन्तरले हराउदै साविक विजेता लिभरपुलले प्रिमियर लिगमा आफ्नो खराब लयलाई अन्त्य गरेको छ।

लिभरपुलले प्रिमियर लिगमा पछिल्ला ५ खेल मध्य कुनैपनी खेल जित्न सकेको थिएन । तीमध्ये चार खेलमा त गोल बिहिन नै थियो । राती सम्पन्न खेलमा टोटनह्याम माथिको जितपछि उसले पुनः शीर्ष चारभित्र स्थान बनाउन सफल भएको हो । लिभरपुल को जितमा रोबर्टो फिर्मिन्हो , अलेक्जेन्डर आर्नोल्ड र साडियो माने ले १/१ गोल गरे भने टोनन्ह्याम को तर्फबाट होज्बर्ग ले १ गोल गरे ।
यो जितसँगै २० खेलबाट ३७ अंकसहित लिभरपुल लिग ताकिका को चौथो स्थानमा पुगेको छ भने १९ खेलबाट ३३ अंकसहित टोटनह्याम छैटौं स्थानमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments