कोपा अमेरिका को फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्दै

कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार भोलि बिहान ५:४५ बजे सुरु हुनेछ ।

ब्राजिल को माराकाना स्टेडियम मा हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । यस खेल लाई धेरै फूटबल समर्थक ले मेसि र नेयमार को प्रतिस्ठा को खेलको रुपमा पनि लिएका छ्न । डिफेन्डिङ च्याम्पियन समेत रहेको ब्राजिल पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो भने अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो । यी दुई टिम बिच भएको २००७ को कोपा फाइनल मा भेट हुदा ब्राजिल ३-० ले बिजयी भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments