स्पेन युक्रेनसँग पराजित

युइएफए नेसन्स लिग अतर्गत भएको खेलमा स्पेन युक्रेनसँग पराजित भएको छ। घरेलु मैदानमा भएको खेलमा युक्रेनले स्पेनलाई १–० गोलको हार चखाएको छ।

युक्रेनलाई जित दिलाउन भिक्टोर टिसीगान्कोभले गरेको गोल निर्णायक बन्यो। उनी दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए। स्पेनले पूरा खेल आफ्नो पकडमा राखेपनी गोल गर्न सकेन।

७६औं मिनेटमा एन्ड्री यार्मोलेन्कोको पासलाई सदुपयोग गर्दै भिक्टोर टीसीगान्कोभले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए। थप समयमा स्पेनले अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा युक्रेन विजयी भएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments