म्यान्चेस्टर युनाईटेड फेरि शिर्ष स्थान मा उक्लियो

फुलह्याममाथि २–१ गोलको जित हात पार्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको फेरि शीर्ष स्थानमा पुगेको छ ।

फुलह्याम को घरेलु मैदानमा भएको खेल मा सुरुमै घरेलु टोलि ले अग्रता बनाएको थियो । फुलह्यामका लागि खेलको पाँचौं मिनेटमा नै अडेमोला लुकम्यानले गोल गरेका थिए ।
२१ औं मिनेटमा युनाईटेड को लागि इडिन्सन काभानीले गोल गरी पहिलो हाफमा खेल बराबरीमा ल्याए ।

युनाइटेडसँग को लागि दोश्रो गोल फ्रान्सेली मिडफिल्डर पोग्बा को नाम मा रह्यो । यो संगै युनाइटेडले महत्वपूर्ण ३ अंक जोडेको हो । यो जित संगै १९ खेलबाट ४० अंकसहित युनाइटेड शीर्ष स्थानमा पुगेको हो ।

यस्तै गएराति नै भएको अर्को खेलमा एस्टोन भिल्लालाई २–० ले हराएर म्यानचेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ । सि टि को यो लगातार छैटौं जित हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments