लकडाउन मा गरेको मेहनत को फल पाउँदा खुसी छु – राजेश पुलामी मगर

त्रिभुवन आर्मी क्लब का ब्याट्सम्यान राजेश पुलामि मगर ले आफुले लकडाउन मा गरेको मेहनत अहिले प्रधानमन्त्री कप मा देखिएको बताएका छन । आज बाग्मती प्रदेश लाई पराजित गर्दै प्रधानमन्त्री कप को फाइनलमा प्रवेश गर्दा म्यान अफ दि म्याच घोषित उनले पत्रकारहरु सँग कुरा गर्दै यस्तो कुरा बताएका हुन । आज को ६५ रन को महत्त्वपूर्ण इनिङ बारे बोल्दै उनले भने “यो कोरोना को बेला लकडाउन हुदा मैले ब्यक्तिगत रुपमा धेरै मेहनत गरेको थिए , म र सोमपाल कामि नजिकै बस्छौ हामी दुइजना मिलेर यो लगडाउन को बेला धेरै मेहनत गरेका थियौ अहिले त्यसको फल देखिएको हो “
आज बाग्मती प्रदेश विरुद्ध निकै अप्ठ्यारो स्थितिमा आएर ६५ रन को महत्त्वपूर्ण इनिङ खेलेका उनले राष्ट्रिय टिम मा कम्ब्याक सम्बन्धि को प्रसङ्ग मा उनले भने अहिले रास्ट्रीय टिम मा पर्ने बारे केही सोचेको छैन त्यो सेलेक्टर को जिम्मा हो , क्रिकेट मेरो प्यासन हो म आफ्नो प्यासन फलो गरिरहेको छु भबिष्य मा के हुन्छ थाहा छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments