रियल म्याड्रिड अल्भास सँग पराजित

ला लिगाको साविक विजेता रियल मड्रिड अल्भाससँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा रियल अल्भाससँग २–१ गोल अन्तरले पराजित भएको हो । योसँगै रियलले जारी सिजनमा तेस्रो हार बेहोरेको छ ।

रियलविरुद्ध अल्भासका लागि खेलको ५औँ मिनेटमा लुकास परेजले गोल गर्दै टीमलाई अग्रता दिलाए । दोस्रो हाफमा जोसेलुले गर्दै अल्भासलाई २–० गोलको अग्रता दिलाए ।

रियलका लागि भने कासिमेरोले ८६औँ मिनेटमा एक गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् ।

हारसँगै रियल १७ अंकसहित पाँचौं स्थानमा छ । अल्भास भने १३ अंकसहित नवौं स्थानमा छ ।रियलले यो सिजनमा अहिलेसम्म खेलेका १० खेलमा जम्मा पाँच खेल मात्र जितेको छ । २ खेल बराबरी खेल्दा ३ खेलमा हार बेहोरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments