ग्यारेथ बेल र सर्जियो रेगुइलोन टोटेनहम हट्सपरमा
इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमहट्सपरले रियल म्याड्रिडका डिफेन्डर सर्जियो रेगुइलोन र फरवार्ड ग्यारेथ बेललाई अनुबन्धित गरेका छन्। ग्यारेथ बेल पूर्व क्लब टोटेनहमहट्सपरमा एक वर्ष लोनका लागि आबद्ध भएका छन्। रेगुइलोनले भने ५ वर्षको लागि क्लबसंग सम्झौता गरेका हुन् । बेलको वार्षिक ३० मिलियन युरो तलबमा रियल म्याड्रिड र टोटेनहम दुवैले बाडफाड गरेका छन् । रियलमा रहंदा बेलले ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

रेगुइलोनलाई अनुबन्ध गर्न टोटेनहमले ३० मिलियन युरो खर्च गरेको बुझिएको छ । बेलको वार्षिक ३० मिलियन युरो तलबमा रियल म्याड्रिड र टोटेनहम दुवैले बाडफाड गरेका छन् ।

रियलका प्रशिक्षक जिनेदिन जिदानसँग बेलको सम्बन्ध खासै राम्रो हुन सकेन । त्यहि कारण पनि उनी क्लब छाड्न चाहिरहेका थिए । बेलले चोटका कारण इंग्लिस प्रिमियर लिगका खेलहरु खेल्न भने प्रतीक्षा गर्नुपर्ने छ ।
