लिड्स युनाइटेडले म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्यो
गए राति लिड्स युनाइटेडको घरेलु मैदानमा भएको प्रिमियर लिग खेलमा म्यानचेस्टर सिटी १-१ को बराबरीमा रोकिएको छ । पछिल्लो केही सिजनमा सिटीको निकै खराब सुरुवात हो । तीन खेल खेलेको सिटीले मात्र ४ अंक बटुलेर अंक तालिकाको ११ औ स्थानमा छ । त्यस्तै ४ खेलबाट ७ अंक बटुल्दै लिड्स युनाइटेड तालिकाको ५ औ स्थानमा छ ।

पहिलो हाफको १७ औ मिनेटमा फेरान टोरसको पासको सदुपयोग गर्दै रहिम स्ट्रलिङ्गले सिटीलाई अग्रता दिलाए पनि खेलको ५९ औ मिनेटमा सिटीका ब्राजिलियन गोलकिपर एड्रसनको खराब गलती बाट पाएको मौकालाई लिड्सका रोड्रिगोले त्यसलाई गोलमा परिणत गर्न चुकेन्न र खेललाई १-१ को बराबरीमा लाए ।

बाकी खेलमा सिटीले उत्कृष्ट मौकाको सिर्जना गर्न नसक्दा र खेलमा पाएको केही उत्कृष्ट मौकालाई लिड्स युनाइटेडले गोलमा परिणत र्गन नसक्दा खेल १-१ को बराबरीमा सकिएको थियो ।

चोटिल भएपछि आफ्नै दुवै स्ट्राइकर अगुएरो र जिजस बिना मैदानमा उतरेको सिटीलाई उनीहरुको अभाव खटिएको थियो । खेलाडी किनबेच सत्र केही दिन बाकी रहदा सिटीलाई आफ्नो समस्या रहेको स्थानमा नयाँ खेलाडी किन्दै त्यस समस्याको समाधान गर्न गारो गाह्रो छैन ।