अस्ट्रेलियाविरुद्ध मजबुत टिम उतार्ने कप्तान विराट कोहलीको प्रयास

अष्ट्रेलिया विरुद्ध को चार टेस्ट सिरिजको पहिलो म्याचका लागि भारतले प्लेयिङ ११ सार्वजनिक गरेको छ । अस्ट्रेलियाविरुद्ध मजबुत टिम उतार्ने प्रयास कप्तान विराट कोहलीले गरेका छन् ।ओपनर, मध्यक्रम र बलिङसम्म सन्तुलित टिम देखिएको छ । अभ्यास म्याचमा शतक बनाएका ऋषभ पन्तले भने टिम ११ मा स्थान बनाउन सकेनन् ।

उनको ठाउँमा भेटरान ऋद्धिमान साहलाई विकेटकिपरको भूमिका दिइएको छ । यसैगरी केएल राहुल पनि टिम मा छैनन् भने युबा खेलाडी पृथ्वी शा र मयंक अग्रवाल ओपनरको भूमिकामा रहने छन् ।यसैगरी अर्का युबा ब्याट्सम्यान शुभमन गिलले पनि टिममा स्थान बनाउन सकेनन् भने रविन्द्र जडेजा पनि टिममा छैनन् ।

इशान्त शर्माको ठाउँमा उमेश यादव टिममा परेका छन् । अस्ट्रेलिया र भारतबीचको पहिलो टेस्ट एडिलेडमा हुने छ भने यो टेस्टमा पिंक रङको बल प्रयोग हुने छ । नेपाली समय अनुसार विहान पौने १० बजेदेखि शुरुहुने छ ।

भारतीय टिम : मयंक अग्रवाल, पृथ्वी शॉ, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, हनुमा विहारी, रिद्धिमान साहा, आर अश्विन उमेश यादव, मोहम्मद शमी, जसप्रीत बुमराह।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments