मेयर कप बिजेता र उपबिजेता ले पाउने पुरस्कार सार्बजनिक

काठमाडौं मेयर कप २०७७ को विजेताले पाँच लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै विजेताले पाँच र उप विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने जनाएको छ ।

यसैगरी प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले ५० हजार पाउने छ भने प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरले २५-२५ हजार पाउने छन् । त्यसैगरी प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउने छन। काठमाडौं महानगरपालिका को आर्थिक सहयोगमा हुन लागेको प्रतियोगिता भोलि देखि सुरु हुँदै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments